ठमेलमा मध्यराती हात हालाहाल र नाराबाजी

ठमेलमा मध्यराती हात हालाहाल र नाराबाजी

ठमेल र लैनचौरको बीचमा अवस्थित अमृत साइन्स क्याम्पस होस्टलमा विद्यार्थीहरुबीच भएको विवाद र हातपातका कारण राती नाराबाजी चलेको छ । अनेरास्ववियु पब्लिक युथ क्याम्पसका नेता अमित महर,निराजन शाहीसहित करिब एक दर्जन विद्यार्थी राति करिब साढे १० बजे होस्टल पुगेर  विवाद गरेको केहीविद्यार्थीको आरोप छ । 

सोही क्रममा त्यहीँका विद्यार्थी गणेश शाहीलगायत झण्डै आधा दर्जनलाई चोट लागेको र प्रतिक्रियास्वरुप कारबाहीको माग गरिएको बुझिएको छ ।

राति साढे ११ बजे प्रहरी घटनास्थल पुगेको थियो । एउटै राजनीतिक पार्टीका विद्यार्थीहरुबीच सामान्य विषयमा विवाद भएकोमा झगडा नगर्न आफूहरुले सम्झाइ–बुझाइ गरेपछि अवस्था नियन्त्रणमा आएको प्रहरीको दावी छ ।
 

टिप्पणीहरू