चीनमा चम्किँदै चाँदी

चाँदीको मूल्यमा आएको लगातारको वृद्धिपछि चिनियाँहरुले यसलाई पनि सुनझैँ बहुमूल्य धातुको रुपमा लिन थालेका छन् । चाँदी चीनमा अर्को सुरक्षित लगानीको वस्तु बनेकाले चिनियाँहरु यसमा खर्च गर्न उद्दत देखिन्छन् ।

पछिल्लो १३ वर्ष यता चाँदीको मूल्यमा प्रति औंस ३९ अमेरिकी डलर नाघेको छ । चाँदीबाट बनेका सामान र गरगहनाको मूल्य र बिक्री दुबै बढेको छ ।

सांघाईस्थित चाँदी गरगहनाका एक जना होलसेलरका अनुसार हरेक महिना १० हजार भन्दा बढी त्यस्ता उत्पादन बिक्री हुने गरेको छ । धेरैजसो युवा ग्राहकले जेड वा क्रिस्टल मिसिएको चाँदीका गहना रोज्ने गरेका छन् ।

चेन युन ज्वेलरी कम्पनीका प्रमुख भन्छिन्, ‘युवाहरू नियो–चिनियाँ शैलीका नेकलेस र ब्रासलेट मन पराउँछन् । हामी परम्परागत शैलीका हिराजडित गहनामा ध्यान दिइरहेका छौं। यसका साथै क्रिस्टल, जेडजस्ता सामग्रीमा पनि उत्पादनको दायरालाई विस्तार गरेका छौं ।’

स्रोत : सिसिटिभी प्लस ।

टिप्पणीहरू