प्रधानमन्त्रीलाई कसैले झुक्यायो कि ?

प्रधानमन्त्रीलाई कसैले झुक्यायो कि ?

राजधानीमा आयोजित नाडा अटो शोमा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुक्याइएको आशंका छ । शोमा प्रचार गरिएको ‘फ्लाइङ कार’  सडकमा गुड्न नसक्ने तर करिब १५ मीनेट आकाशमा उड्न सक्ने उच्च क्षमताको ड्रोन रहेको वास्तविकता खुलेको छ ।

प्रधानमन्त्रीले उक्त कारको उद्घाटनका क्रममा प्रशंसा गर्नुभएको थियो । आयोजकहरूले ‘नेपालमै पहिलो फ्लाइङ कार’ भनेर ठूलो तामझामसहित प्रचार गरेका थिए । आयोजक र आयातकर्ताले दर्शकलाई लोभ्याउने र टिकट बिक्री बढाउने उद्देश्यले प्रचारको यस्तो काइदा अपनाएको बताइन्छ ।

गाडी विज्ञहरुका अनुसार,विश्वमा उड्ने र सडकमा गुड्ने दुवै क्षमता भएका वास्तविक फ्लाइङ कार निर्माण भइसकेको छ । तर नेपालमा अहिलेसम्म यस्ता कार आयात भएका छैनन् । उक्त परिस्थितिमा सचिवालय र सल्लाहकार टोलीले पनि तथ्य जाँच नगरेका कारण प्रधानमन्त्रीलाई आयोजकहरुले गुमराहमा राखेर आफ्नो चाहना पूरा गरेको हुनसक्छ ।

प्रधानमन्त्रीलाई ‘फ्लाइङ कार’ प्रचारको खेलमा उभ्याएर आयोजक र आयातकर्ताले मिडिया प्रचारको संयोजन गरेका थिए । उक्त कार डिपल कम्पनीको नेपालमा अधिकृत बिक्रेताले चीनबाट ल्याएको हो । नेपालमा डिपलको आधिकारिक बिक्रेता चाङआन नेपाल हो ।

टिप्पणीहरू