सिंहदरबारमा बयान जारी
भदौ २३ र २४ गतेको घटनामाथि छानविन गर्न बनेको जाँझबुझ आयोगसमक्ष तत्कालीन गृहमन्त्री रमेश लेखकले बयान दिएका छन् । सिंहदबारस्थित आयोगको कार्यालयमा बयान जारी छ ।
पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले साताअघि पत्र लेखेर लेखकलाई गत शुक्रबार बयानका लागि बोलाएको थियो । तर लेखकले आफैं सोमबार हाजिर हुने बताएका थिए । सोही अनुसार उनी आज सिंहदरबारस्थित आयोगको कार्यालय पुगेका हुन् ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिने तयारी गरिरहेको छ । यद्यपि, बयानको माध्यमबारे अहिलेसम्म आयोगले केही खुलाएको देखिँदैन ।
टिप्पणीहरू