कालापानी काण्ड चर्किएपछि भारतीय राजदूतको दिल्ली दौड

कालापानी काण्ड चर्किएपछि भारतीय राजदूतको दिल्ली दौड

 नेपालका लागि भारतीय राजदूत नयाँ दिल्ली जानुभएको छ । राजदूत नविन श्रीवास्तवले आज बिहान साढे ८ बजे एअर इण्डियाको उडान नम्बर एआई २१६ प्रयोग गर्नुभएको बुझिएको छ ।

स्रोतका अनुसार उहाँ भारत र चीनबीच नेपाली भूमि लिपुलेक नाकाबाट पुनः व्यापार सञ्चालन गर्ने सहमति भएपछि काठमाडौंमा उत्पन्न विरोधबारे जानकारी गराउन स्वदेश जानुभएको हो । गतसाता नयाँ दिल्लीमा चीन र भारतका विदेशमन्त्रीवीच भएको उक्त सहमतिको नेपालमा राजनीतिक दल,नागरिक समाज र सबै क्षेत्रबाट विरोध भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भदौ मसान्तका दिन भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । राजदूत श्रीवास्तव उक्त भ्रमणको तयारीका लागि पनि उता जानुभएको हुनुपर्छ  । भारत भ्रमणअघि प्रधानमन्त्री ओली सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते थ्यान्चिन जाने कार्यक्रम छ ।

टिप्पणीहरू