गुप्तचर प्रमुखले कालिज पाल्ने
आगामी भदौमा दुई सुरक्षा निकायले नयाँ नेतृत्व पाउने भएका छन् । प्रहरी नियमावलीको ३० वर्षे सेवा अवधिसम्बन्धी प्रावधानअनुसार आइजिपी दीपक थापा भदौ १८ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । ०५१ भदौ १९ गते इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका उनी गत वर्ष चैत ५ गते आईजिपी नियुक्त भएका थिए । हाल केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख रहेका चन्द्रकुवेर खापुङलाई नयाँ आइजिपीको रूपमा हेरिएको छ ।
त्यस्तै, राष्ट्रिय अनुसन्धान विभाग (एनआइडी)का प्रमुख हुतराज थापा पनि भदौ अन्तिम साता घर जाँदैछन् । भदौ २८ गते उनको तीन वर्षे कार्यकाल समाप्त हुन लाग्दै छ । तत्कालीन गुप्तचर प्रमुख यदुलाल खरेल अवकाशमा गएपछि ०७९ भदौ २९ देखि थापाले विभागको कमाण्ड सम्हालेका थिए । त्यतिबेला उनी प्रतिस्पर्धी ओम जोशीलाई पछि पार्दै गुप्तचर प्रमुख नियुक्त भएका हुन् । थापाले निकटस्थहरूसँग अवकाशपछि गृहजिल्ला रोल्पा गएर कालिज फार्म खोल्ने योजना सुनाउने गरेका छन् ।
(जनआस्था साप्ताहिकको भदौ ४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू