नेपालको पल्लोपट्टी चिनियाँ राष्ट्रपति
चिनियाँ राष्ट्रपति सि जिनपिङ सिजाङ स्वायत्त प्रदेशको राजधानी ल्हासा पुग्नुभएको छ । उहाँ सिजाङ स्वायत्त प्रदेशको ६०औं स्थापना वार्षिकोत्सव समारोहमा सहभागी हुन आज दिउँसो त्यहाँ पुग्नुभएको हो ।
ल्हासाको विमानस्थल र शहरका विभिन्न स्थानमा राष्ट्रपति सि र उहाँको प्रतिनिधिमण्डलका सदस्यलाई स्थानीयले विभिन्न जातजातिका पहिरन पहिरिएर र सांस्कृतिक तवरले हार्दिक स्वागत गरेका थिए ।

राष्ट्रपति सिसँगै राष्ट्रिय जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष तथा केन्द्रीय प्रतिनिधिमण्डलका प्रमुख वाङ हुङिङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सामान्य कार्यालयका निर्देशक चाइ चि पनि ल्हासा पुग्नुभएको सिन्ह्वाले जनाएको छ । वाङ र चाइ दुवै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समिति सदस्य हुनुहुन्छ ।

टिप्पणीहरू