पूर्वपत्नी कुट्ने इन्स्पेक्टर ललितपुर प्रहरीको हिरासतमा

पूर्वपत्नी कुट्ने इन्स्पेक्टर ललितपुर प्रहरीको हिरासतमा

प्रहरी नागरिकका रक्षक हुन् । नागरिकको जनधनको सुरक्षा गर्नु प्रहरीको दायित्व हो । तर,प्रहरी संगठनमा यस्ता पनि कर्मचारी छन्, जसबाट तिनकै परिवारलाई समेत ज्यानको खतरा छ । प्रहरीका एक इन्स्पेक्टरले आफ्नी पूर्वपत्नीलाई मरणासन्न हुनेगरी कुटेको घटना सार्वजनिक भएको छ । रुकुम पश्चिम घर भएका इन्स्पेक्टर दिनेश गुरुङ्गले पूर्वपत्नी शुभद्रा दाहाललाई उनकै डेरामा पुगेर निर्घात कुटपिट गरेका हुन् । 

हाल नेपाल प्रहरी प्रधान कार्यालयमा कार्यरत इन्स्पेक्टर दिनेश र शुभद्राबीच सम्बन्धविच्छेद भइसकेको छ । शुभद्रा दुई छोरी र एक छोरासँग ललितपुरको इमाडोल बस्छिन् । गत शुक्रबार पूर्वपत्नीको डेरा पुगेका दिनेशले उनीमाथि बलात्कारपछि कुटपिट गरेको आरोप छ । त्यसपछि शुभद्राले निधारबाट रगत बग्दै गरेको तस्बिर फेसबुकमा सेयर गरेर सहयोग मागेकी थिइन् । उनले लेखेकी छन्,‘हेल्प मी, गुरुङ्गले कुट्यो ।’   

"मैले मेरो अस्मिता बचाउ गर्न मेरो बोलीले प्रतिकार गर्न खोज्दा मलाई मार्ने प्रयासले ममाथि कुटपिट गरी भाग्नुभएको हो । पिटाईपछि म अर्धबेहोस नै भएछु, म बेहोस भएको थाहा पाउनासाथ ठूली छोरीले १०० मा कल गरी पुलिसलाई खबर गरेकी रहिछन्’,उनले भनेकी छिन्"r

शुभद्राले दिनेशविरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा बलात्कार र ज्यान मार्ने उद्योग कसुरमा जाहेरी दिएकी छन् । उनका अनुसार दिनेश सानी छोरी पुर्याउने बहानामा राति ८ बजेर २२ मीनेटमा डेरा आएका थिए । आफ्नो अस्मिताको बचाऊ गर्दा दिनेशले ज्यानै जानेगरी कुटपिट गरेको उनको भनाइ छ । 

सामाजिक सञ्जालमा एउटा स्ट्याट्स लेख्दै उनले छोरीले १०० मा फोन गरेपछि प्रहरी आएको र अस्पताल पुर्याएको बताएकी छिन् । ‘मलाई जबरजस्ती गर्न खोज्दा मैले मेरो अस्मिता बचाउ गर्न मेरो बोलीले प्रतिकार गर्न खोज्दा मलाई मार्ने प्रयासले ममाथि कुटपिट गरी भाग्नुभएको हो । पिटाईपछि म अर्धबेहोस नै भएछु, म बेहोस भएको थाहा पाउनासाथ ठूली छोरीले १०० मा कल गरी पुलिसलाई खबर गरेकी रहिछन्’,उनले भनेकी छिन् । 

परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार दिनेशमाथि ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । ‘बलात्कार र ज्यान मार्ने उद्योग कसुरमा जाहेरी परेपछि उहाँ हिजो आफैं उपस्थित हुनुभएको हो । अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेका छौं’,उनले भने ।

टिप्पणीहरू