बसमा आगलागी, दर्जनौं अफगानीको मृत्यु
अफगानिस्तानमा आज बिहान भएको सवारी दुर्घटनामा ७३ जनाको ज्यान गएको छ । ती सबै इरानबाट फर्काइएका प्रवासी अफगान रहेको बताइन्छ । तालिबानको सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुक्तकीका अनुसार राजधानी काबुलतर्फ जाँदै गरेको बस, ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा आगलागी भएको थियो ।
सोही आगलागीमा परेर बसमा सवार सबैको मृत्यु भएको हो । मृतकमध्ये १७ जना बालबालिका रहेको र ट्रक तथा मोटरसाइकलमा सबार दुई जनाको पनि निधन भएको जनाइएको छ ।
सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगान नागरिक छिमेकी मुलुकतर्फ पलायन हुने क्रम बढेको छ । धेरैजसो पाकिस्तान र इरान पुगेको बताइन्छ ।
टिप्पणीहरू