जवानी थाम्न नसक्दा पदै जोखिम

जवानी थाम्न नसक्दा पदै जोखिम

जुनसुकै देशमा नागरिकले आफ्नो देश र आफू बसेको समाजको चर्चा गर्छन् । समयअनुसार समाजमा आफ्नो देशको चरित्र झल्कने शब्द छनौट हुन्छन् । चिया पसल, चोक र चौतारीमा पहिले पहिले नेपाललाई सतीले सरापेको देश भनिन्थ्यो । आन्दोलनबाट सत्तामा पुगेका नेताको बानी नफेरिएको र नागरिकको हालत नबदलिएको अवस्थामा यो देश सतीको श्राप परेकोले नबनेको हो भन्ने उक्ति जनजनमा प्रसिद्ध थियो । अहिले समय फेरिएको छ, पहिलाभन्दा नागरिक आधुनिक भएका छन् । सूचना र प्रविधिलाई आफ्नै हातको मोबाइलमार्फत प्रयोग गर्न सकिन्छ । 

सामाजिक सञ्जालको भित्तामा मेरा एक प्राध्यापक साथीले ट्वीट गर्दै भने– देश त देहव्यापारी र बिचौलियाले चलाएका रहेछन् । कुलिङ्ग पिरियडबारे सांसदहरू हुस्सु हुनु र नेपालमा पुरुषले दोश्रो विबाह गर्न पाउने कानुन आउने हल्ला चल्नु उही बेला परेछ । नत्र राज्यव्यवस्था समितिबाट कर्मचारीसम्बन्धी ऐन पास हुँदासम्म एउटा सांसदले पनि किन नपढेको ? त्यत्रा कानुन हुँदाहुँदै पुरुषले दोस्रो विवाह गर्न पाउने हल्ला बजारमा कसरी आयो ? घरमा श्रीमती हुँदाहुँदै पुरुषले अर्की महिलासँग गएर सन्तान जन्माएपछि स्वतः कान्छी भित्र्याउन पाउने कानुन देहव्यापारीकै दबाबमा ल्याइन लागेको थियो होइन र ? वेश्याहरू सदनदेखि सडक घेर्न आउने कानुनसचिव पाराश्वर ढुंगानाको भनाइ सामाजिक सञ्जालमा भाइरल भएको होइन र ?

समय अनुसारको यौन शिक्षा नपाउँदा पञ्चायतसङ्ग लडेका नेताका कुरै छाडाैँ गणतन्त्र ल्यायौं भन्ने कृष्णबहादुर महराजस्ता योद्धा ढले । असार १५ मा रमाउँदा हरि पराजुलीको मन्त्री पद गयो ।

कर्मचारी आज निवृत्त भएर भोलि लाभको पदमा पुग्ने अर्को कुनै मुलुक छैन नपत्याए गुगलमा खोज्नुहोस् । केही देशमा कर्मचारीको दक्षता र अनुभवलाई राज्यले आवश्यक ठान्दा उपयोग गर्न सक्छ । संवैधानिक पदमा राजनीतिक नियुक्ति दिने प्रचलन नभएका होइनन् । प्रजातन्त्रको जननी बेलायतमा पूर्व प्रशासक; विशेषतः न्याय, परराष्ट्रमा काम गरेका कर्मचारीलाई उनीहरूको मञ्जुरीले राजनीतिक नियुक्ति दिने परम्पराको सिको भारतले गर्‍यो; त्यसैको डिट्टो नक्कल नेपालले गरेको हो । नेपाली कर्मचारी प्रशासन जंगेयुगमै छ । बहुदलीय व्यवस्थापछि निष्ठावान नेताहरूलाई घुस खुवाउन सिकाउने कर्मचारी नै हुन् । विभिन्न ऐन कानुन देखाएर नेताका भिजन लागू गर्न नदिने पनि कर्मचारी नै हुन् । नेपालको कर्मचारी प्रशासन र राजनीतिक नेतृत्वको अवस्था जोगी र भैंसीको जस्तै छ । दुबै एकअर्कासँग डराउँदा अहिलेसम्म जनताले परिवर्तनको आभाष पाउन सकेका छैनन् । एक लाइनमा भन्दा नेपालको कर्मचारी प्रशासन नोकरशाही छ, कामचोर छ र अति भ्रष्ट छ । भ्रष्ट भएकैले तिनको प्रभाव गाउँदेखि सिंहदरबारसम्म छ । 

कुरा आयो बिचौलियाको चौतर्फी भ्रषटाचार बढ्नुमा बिचौलियाको हात छ । भ्रष्ट कर्मचारीका ठिमाहा हुन् । अति नै भ्रष्टाचार बढेपछि यिनीहरूको उदय भएको हो । सद्धे नेतृत्वलाई भ्रष्ट पार्नमा बिचौलियाको मुख्य हात छ किनभने बिचौलिया सेटिङ मिलाउन ती खप्पिस हुन्छन् । भ्रष्टाचारीभन्दा पनि देशको महारोग बिचौलिया बनेका छन् । हामीले खाने तरकारीदेखि सरकारी कामसम्म बिचौलियाको प्रभाव छ । मन्त्री बनाउनेदेखि हटाउनेसम्म’ मात्रै होइन अब त सरकार परिवर्तनसम्म बिचौलिया हावी छन् । 

इतिहास पढ्दा राजा पृथ्वीनारायणपछि उनका छोरा प्रतापसिंह शाहको पालादेखि नै वेश्याको रजगज चलेको देखिन्छ । नेपाल देश अहिलेको नक्शामा खुम्चनु, अंग्रेज नेपाल युद्ध हुनु । सुगौली सन्धि हुनु,  भीमसेन थापा मारिनु, कोतपर्व, भण्डारखाल पर्व र जंगबहादुर उदय नै वेश्याहरूले गराएका हुन् । जहाँनिया पारिवारिक शासन,  जंगे कानुन  : १०४ बर्षसम्म राणाशासनको केन्द्रमा वेश्या नै थिए । यति कि राणाशासनको पतन पनि वेश्याहरूकै कारणले भएको हो । 

२००७ देखि २०१५ सम्मको संक्रमणकाल छोडेपछि २०१५ सालमा विश्वेश्वप्रसाद कोइरालालाई समेत वेश्याहरूले लखेटेर २०१७ को कू भएको हो । राजा महेन्द्र र बिपी कोइराला नमिल्दाको परिणाम देश समृद्ध बन्न सकेन । समय अनुसारको यौन शिक्षा नपाउँदा पञ्चायतसङ्ग लडेका नेताका कुरै छाडाैँ गणतन्त्र ल्यायौं भन्ने कृष्णबहादुर महराजस्ता योद्धा ढले । असार १५ मा रमाउँदा हरि पराजुलीको मन्त्री पद गयो । उतिबेला पर्खाल मन्त्रीको कथा चर्चित हुनु बेश्याकै करामत थियो । अहिले केही बढे, पढे, कर्मचारी; प्रहरी र सेनाका रखौटीबाट जन्मिएकाको परिचय खुल्न नसक्दा बिचौलियाको सहयोगमा कानुन ल्याउन लागिएको थियो, चौतर्फी विरोधपछि यो कुरा अहिले सामसुम भएको मात्रै हो । 

–  लण्डन,  बेलायत
 

टिप्पणीहरू