चिनियाँ युवकको अद्भूत कलाबाट सबै चकित

चिनियाँ युवकको अद्भूत कलाबाट सबै चकित

चीनको मध्यभागमा रहेको हेनान प्रान्तको राजधानी चङ्चौबाट झण्डै दुई घण्टाको सडक यात्रापछि पुगिन्छ प्राचीन चीनकै प्रख्यात राजधानी शहर काइफाङ । प्राचीनकालमा चीनको राजधानी फरक फरक समयमा आठ भिन्दाभिन्दै स्थानमा तोकिएको थियो । त्यसमध्येको एक हो चङ्चौबाट पूर्वको सुन्दर शहर काइफाङ ।

सोही शहरमा २६ वर्षे सन् छाउ लले आफ्नो कलाबाट लाखौंलाई मोहित र चकित पारिसकेका छन् । हेनानबाट दक्षिणपूर्वमा पर्ने आन्हुई प्रान्तका उनी काइफाङमा व्यावसायिक जिम्न्यास्टिक डान्सर हुन् । गत महिना चङ्चौमा आयोजित सांघाई सहयोग संगठनको मिडिया तथा थिङ ट्याङ्क सम्मेलनका सयौं विदेशी तथा स्वदेशी पाहुनाले उनको कलाको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

स्थानीय डबल ट्रि हिल्टन काइफाङ होटलमा पाहुनाको सम्मानमा आयोजित स्वागत समारोहमा सन्को प्रस्तुतीले सबैलाई मोहित पारेको थियो । स्थानीय नगरपालिका, स्थानीय नगर जनसरकारले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो जिम्न्यास्टिक कला देखाएका हुन् ।

सात वर्षको उमेरदेखि जिम्न्यास्टिक थालेका उनी यसमा निरन्तर लागिपरेको दुई दशक हुन लागेको छ । भन्छन्, ‘शुरु शुरुमा निकै गाह्रो भयो । पछि नियमित तालिमले सजिलो हुँदै गयो । दर्शकबाट पाउने मायाले सबैभन्दा बढी खुशी दिन्छ ।’

जनआस्थाकर्मीसँगको कुराकानीमा उनले भने, ‘भविश्यमा विश्वव्यापी प्रतिस्पर्धामा भाग लिएर सफलता हात पार्ने लक्ष्य छ ।’ आफ्नो पेशाप्रति उनले निकै गर्व गरेका छन् ।

टिप्पणीहरू