राहुल गान्धी पक्राउ, महिला सांसद बेहोस

राहुल गान्धी पक्राउ, महिला सांसद बेहोस

भारतीय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उनलाई केही बेरअघि भारतीय प्रहरीले निर्वाचन आयोग परिसरबाट नियन्त्रणमा लिएको छ । 

सरकारले अपारदर्शी ढंगले मतदाता नामावली हेरफेर गरेको भन्दै आज विपक्षी दलका करिब तीन सय सांसदले लोकसभा भवनदेखि निर्वाचन आयोगसम्म जुलुस निकालेका थिए । सोही क्रममा हुलदंगाको आरोपमा गान्धी पक्राउ परेका हुन् । 

उनीसहित प्रियंका गान्धी, अखिलेश यादवलगायतलाई नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, प्रदर्शनको क्रममा अखिल भारतीय तृणमूल कांग्रेसका सांसद मिताली बाग बेहोस भएर ढलेकी छन् । उनलाई उपचारार्थ अस्पताल लगिएको छ । 

अन्य सांसदहरुले भने ‘भोट बचाऔँ’ लेखिएको पम्प्लेटसहित प्रदर्शन गरिरहेका छन् ।

टिप्पणीहरू