कांग्रेस-एमाले बाहेकका दलका नेता माओवादी अफिसमा
सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरू सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा जम्मा भएका छन् ।
‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, ०८२’को प्रतिवेदनमाथि छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा नेताहरू एक ठाउँमा जुटेका हुन् ।
निर्वाचन आयोगले साउन २२ गतेभित्र सुझाव दिन भन्दै केही दिनअघि उक्त कार्यविधिको प्रतिवेदन विभिन्न दलहरुलाई पठाएको थियो । उक्त पृष्ठभूमिमा कार्यविधिबारे साझा धारणा बनाउन र सुझाव संकलन गर्न बैठक आयोजना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
टिप्पणीहरू