घुससहित समातिएका यातायातका पिएनविरुद्ध मुद्दा
घुससहित समातिएका यातायात व्यवस्था कार्यालय, कास्कीका कर्मचारी दिपक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो । गत असार ३१ गते आयोगको पोखराबाट खटिएको टोलीले सो कार्यालयका पिएन पौडेललाई सात हजार रुपैयाँ घुससहित समातेको थियो ।
अनुसन्धानको क्रममा उनले लाइसेन्सको लिखित परीक्षा र ट्रायल पास गराइदिने भनि घुस लिएको खुलेको अभियोग पत्रमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम सात हजार रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीलाई कैद र जरिवाना तोक्न अख्तियारले माग गरेको छ ।
टिप्पणीहरू