बालेनको कार्यकक्षमा आईजिपी, भवन भत्काउने सल्लाह

बालेनको कार्यकक्षमा आईजिपी, भवन भत्काउने सल्लाह

ऐतिहासिक हनुमानढोका दरबार परिसरमा रहेको नेपाल प्रहरीको भवन भत्काइने भएको छ । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र प्रहरी प्रमुख आइजिपी दीपक थापाबीच त्यस्तो सल्लाह भएको हो । कालभैरवको मूर्तिसँगै रहेको उक्त जीर्ण भवन भत्काउन यसअघि प्रहरीले आनाकानी गर्दै आएको थियो । 

पुरातत्व विभागले समेत आसपासमा रहेका मन्दिर तथा मूर्ति र स्थानीय नागरिकको जीवन धरापमा पारेको भन्दै भवन भत्काउन प्रहरीलाई पत्राचार गरेको थियो । करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको भवनमा साना–ठूला गरी पाँच वटा संरचना छन् । 

०१२ सालदेखि हनुमानढोकामा बसेको प्रहरी ०७२ सालको भूकम्पपछि सरेको हो । भूकम्पका कारण चिराचिरा परेको र जुन कुनै समयमा ढल्नसक्ने उक्त संरचना हटाउन स्थानीयले बारम्बार सरोकारवालको ध्यानाकर्षण गराउँदै आएका थिए । 

आईजिपी थापा र मेयर बालेन्द्रबीच हिजो भएको छलफल पछि अन्तत: भवन भत्काउने सहमति भएको बताइन्छ ।

टिप्पणीहरू