एनआईसीका कार्डवाहकलाई कपाल काट्दा छुट

एनआईसीका कार्डवाहकलाई कपाल काट्दा छुट

एनआईसी एसिया बैंकका कार्डवाहकले हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा विशेष छुट पाउने भएका छन् । बैंक र लिजा श्री इन्टरप्राइजेजबीच गरिएको समझदारीमा सैलुनको मुख्यालय र शाखाहरुमा सेवा लिँदा ग्राहकले १० प्रतिशतसम्म छुट पाउने छन् । 

जसअनुसार नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरको आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ्ग, कमलादीको सिद्धार्थ कम्प्लेक्स, सामाखुशीस्थित सिटी स्वायर सेन्टरमा रहेको सैलुनका शाखामा छुट पाइनेछ । 

यस्तै, महाराजगञ्जको भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी र गणेश बिल्डिङ, नारायणघाटस्थित जोशी भवन र वीरगञ्जको रुङ्टा मलमा रहेका सैलुनका शाखामा पनि छुट उपलब्ध हुने बैंकले जनाएको छ । छुट प्राप्तिका निम्ति ग्राहकले आफ्नो डेबिट, क्रेडिट, प्रिपेड कार्ड वा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी गर्नुपर्ने छ ।

टिप्पणीहरू