वुदाङ्ग पर्वत: प्राचीन सभ्यताको धरोहर
हुवेई प्रान्तको वुदाङ्ग पर्वतमा रहेको प्राचीन भवन चीनको सांस्कृतिक धरोहरको एक अमूल्य हिस्सा हो ।
सन् १९९४ मा युनेस्को द्वारा विश्व सांस्कृतिक धरोहरको रूपमा मान्यता प्राप्त यस ऐतिहासिक स्थलमा चार प्रमुख ताओवादी दरबार र २०० भन्दा बढी अन्य संरचना समावेश छन्,जसमा मन्दिर,बिहार र देवस्थानहरूको अद्वितीय संग्रह छ।
५० हजार वर्ग मीटरमा फैलिएको यो स्थलले प्राचीन चिनियाँ वास्तुकला र ताओवादी परंपराको अनुपम मिश्रण प्रस्तुत गर्दछ।
वुदाङ्ग पर्वत सदियौँदेखि ताओवादको प्रमुख केन्द्र भएको छ भने यहाँको ताओवादी मार्शल आर्ट्स परंपरा, विशेषगरी ताइची, विश्व प्रसिद्ध छ।
यस पर्वतका मन्दिर र दरबारहरूले प्राचीन चिनियाँ कला र वास्तुकलाको उत्कृष्टता र धार्मिक महत्त्वलाई उजागर गर्छ।
ताङ्ग, सांग, युआन, मिङ्ग र छिङ्ग वंशहरूको वास्तुकलामा योगदान पुर्याउँदै, यी संरचनाहरूले एक युगको सांस्कृतिक र धार्मिक धरोहरलाई जीवन्त बनाएको छ ।
वुदाङ्ग पर्वत, प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्वका कारण विश्वभरिका पर्यटक र इतिहासप्रेमीहरूको आकर्षणको केन्द्र बनेको छ ।
टिप्पणीहरू