दिपेन्द्र अग्रवाल थप चार दिन थुनामै
सेयर कारोबारी दिपेन्द्र अग्रवाल थप चार दिन हिरासतमा रहने भएका छन् ।
साउन ५ गते काठमाडौंको टोखाबाट पक्राउ परेका उनलाई अझै चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।
२२ करोड रुपैयाँ ठगेको आरोप लागेका अग्रवालमाथि प्रहरीले ठगी र विश्वासघातको अभियोगमा अनुसन्धान गरिरहेको छ । अघिल्लोपटक थप गरिएको तीन दिनको म्याद सकिएपछि उनलाई आज दिउँसो पुनः अदालत उपस्थित गराइएको थियो ।
टिप्पणीहरू