शान्ति मिसनमा तैनाथ सैनिकको दुर्घटनामा निधन

शान्ति मिसनमा तैनाथ सैनिकको दुर्घटनामा निधन

संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत ‘सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)’ मा शान्ति स्थापनार्थ तैनाथ एक नेपाली सैनिकको गाडी दुर्घटनामा मृत्यु भएको छ । सिंहनाथ पल्टनमा कार्यरत सैनिक सुरज लामिछानेको दुर्घटनामा ज्यान गएको हो । त्यसैगरी,चार जना घाइते भएका छन् । 

नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतका अनुसार हिजो दुर्घटना भएको हो । बुलेट प्रुफ जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको उनको भनाइ छ । उपचारको क्रममा लामिछानेको निधन भएको उनले जानकारी दिए । अन्य चार जना सामान्य घाइते भएका छन् । 

जनआस्थासँग उनले भने,‘घटना हिजोको हो । ब्रेक फेल हुँदा गाडी दुर्घटना भएछ । गम्भीर घाइते एक जनाको उपचारको क्रममा निधन भयो । अन्य साधारण घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।’

टिप्पणीहरू