होटलमा बसेका चिनियाँको साथमा दुई किलो सुन र २४ लाख नगद

होटलमा बसेका चिनियाँको साथमा दुई किलो सुन र २४ लाख नगद

दुई केजी सुनसहित दुई चिनियाँ पक्राउ परेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति ठमेलबाट ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थानलाई नियन्त्रणमा लिएको बताइएको छ । 

चुनलिन डेढ महिनाअघि नै नेपाल आएर ठमेलको एक होटलमा बसेको देखिन्छ । सुमेइ केही दिनअघि काठमाडौँ आइपुगेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरुको साथबाट २४ लाख नगदसमेत बरामद गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए । उनका अनुसार दुई केजी सुन कहाँबाट ल्याइएको र कसको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू