चाक्सीबारीमा कांग्रेस नेताहरूकाे चहलपहल

चाक्सीबारीमा कांग्रेस नेताहरूकाे चहलपहल

नेपाली कांग्रेसका सात पूर्व पदाधिकारी ठमेलकाे चाक्सिबारीमा भेला भएका छन् । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको संयोजनमा नेताहरू भेटघाटमा जुटेका हुन् । 

छलफलमा मन्त्री सिंहसहित विमलेन्द्र निधी, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, गोपालमान श्रेष्ठ र प्रकाशशरण महतको सहभागिता छ । यसअघि कोइराला निवासमा भेला भएका उनीहरुले पार्टीको आगामी महाधिवेशनलाई लक्षित गरेर सातै प्रदेशमा अभियान चलाउने निर्णय गरेका थिए । त्यसैको तयारीस्वरुप उनीहरू आज भेला भएको बताइएको छ । 

डा. शेखर कोइरालाले हिजो आफू निकटका सांसदहरूलाई बोलाएर छलफल गरेका थिए । दरबारमार्गस्थित याक एण्ड यति होटलमा हिजो दिनभर कोइराला समूहका नेताको चहलपहल थियो ।

टिप्पणीहरू