कल्याणपुर नगरपालिकाका मेयर रंगेहात पक्राउ
सिरहास्थित कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास शाखाबाट खटिएको टोलीले उनलाई भर्खर कार्यालयबाटै नियन्त्रणमा लिएको छ ।
उपभोक्ता समितिलाई भुक्तानी दिलाउन उनले एक लाख रुपैयाँ घुस लिएको आरोप छ । अहिले मेयर साह र अन्य कर्मचारीलाई अख्तियारले कार्यालयको छुट्टाछुट्टै कोठामा राखेर सोधपुछ गरिरहेको बताइन्छ । उपमेयर रेखाकुमारी यादव भने कार्यालय पुगेकमी छैनन् । अख्तियार टोली आउन लागेको थाहा पाएपछि उनी कार्यालय नगएकी हुन् ।
अहिले कार्यालयभित्र र बाहिरको अवस्था तनावग्रस्त रहेको प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले जनआस्थालाई जानकारी दिए ।
टिप्पणीहरू