सालकको खपटा लिएर हिँडेका पाँच जना समातिए

सालकको खपटा लिएर हिँडेका पाँच जना समातिए

मोटरसाइकलमा सालककको खपटा बोकेर हिँडेका पाँच जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसार भइरहेको भन्ने सुराकी निकुञ्ज कार्यालयलाई प्राप्त भएको थियो । त्यसका आधारमा शंकास्पद व्यक्तिहरुलाई पछ्याउँदै जाने क्रममा हिजो बेलुकी पौने सात बजेको समयमा रत्ननगर–९ स्थित टिकौली वन नजिकैको क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

सालकको खपटा र तीनवटा मोटरसाईकल सहित पाँचजना पुरुषहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ गरिएको निकुञ्जका सूचना अधिकारी एवम् संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए ।

टिप्पणीहरू