कीर्तिपुरे कमरेडमा राजनीतिक नियुक्तिको कोलाहल
कीर्तिपुर एमालेलाई राजनीतिक नियुक्तिको चाडपर्व लागेको छ । नगर कमिटीका झण्डै आधा दर्जन जिल्ला सदस्यमा निर्वाचित भएका छन् । गुठी संस्थानको सदस्य, खेलकुद, आदिवासी जनजातिदेखि लिएर धेरै विभागमा कमरेडहरूले स्थान सुरक्षित गर्न थालेको समाचार प्राप्त भएको छ ।
०७९ को निर्वाचन र ८१ को उपनिर्वाचनसहित दुई दुई पटकको शून्य परिणामलाई पुर्ने प्रयासमा भन्दा राजनीतिक नियुक्ति लिएरै ८४ को चुनावमा टिकट लिनै दौड शुरु भएको छ । नियुक्तिका लागि यस्तो कुदाइ देख्दा लाग्छ, चुनावमा टिकट पाए पुगिहाल्यो नि ! जितको के मतलव ? नगर कमिटी निकै कच्चा भयो ।
चुनावमा हरूवा पदाधिकारीहरूले नगर कमिटी चलाउन सक्दैनन् भन्ने आवाज उठिरहेको पाइन्छ । प्रजातान्त्रिक तरिकाबाट कमिटी चलाउन नसक्दा नगर कमिटीका सदस्यहरू बैठकमै आउन छोडेको बुझिएको छ । गणपूरक संख्या पुर्याउन पनि फोन गरेर बोलाउनुपर्ने अवस्था छ ।
टिप्पणीहरू