घुस काण्डमा मुछिएका मन्त्रीलाई बालुवाटार बोलाइयो

घुस काण्डमा मुछिएका मन्त्रीलाई बालुवाटार बोलाइयो

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । बिहान गृह जिल्ला झापाबाट फर्किनुभएका उहाँले साँझ ६ बजे बस्नेगरी बैठक डाक्नुभएको हो । 

सरकारको वार्षिक समीक्षा र पारित हुन बाँकी विभिन्न विधेयकहरुको बारेमा क्याविनेटमा छलफल हुने बताइएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई छुट्टै बोलाएर भेट्न लागेको बुझिएको छ । 

मन्त्री गुप्ताले ‘घुस डिल’ गरेको अडियो सार्वजनिक भएपछि भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्री ओली स्वयं नैतिक संकटमा पर्नुभएको छ । उनलाई तत्काल बर्खास्त गर्न सडकदेखि सदनसम्म आवाज उठिरहेको छ । 

चौतर्फी दबाबपछि प्रमले भेटेर अडियोबारे बिफ्रिङ  लिने र राजीनामा दिन लगाउने तयारी रहेको बताइन्छ ।

टिप्पणीहरू