छात्रालाई शिक्षकले लेखेको म्यासेज ‘ह्याप्पी बर्थ डे मेरी जान, आई लभ यु’

छात्रालाई शिक्षकले लेखेको म्यासेज ‘ह्याप्पी बर्थ डे मेरी जान, आई लभ यु’

रौतहतको गरुडा नगरपालिका–९, स्थित माध्यमिक विद्यालय श्रीपुर गम्हरियाका शिक्षक रविन्द्र साह पक्राउ परेका छन् । विद्यालयकी छात्रालाई अशिष्ट र आपत्तिजनक म्यासेज पठाएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

साहले एसईई उत्तीर्ण एक छात्रालाई हालै ‘ह्याप्पी बर्थ डे मेरी जान, आई लभ यु’ लेखेर म्यासेज पठाएका थिए । उक्त म्यासेजबारे ती छात्राले आफ्नो परिवारलाई सुनाएपछि आज बिहान विद्यार्थी र परिवारजनले विद्यालय परिसर तोडफोड गरेका थिए । 

त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास हान्नुका साथै शिक्षक साहलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट डिएसपी दीपक रायका अनुसार उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
 

टिप्पणीहरू