भुषण यसरी भए भरिभराउ
शक्तिको आडमा अप्रत्याशित र आश्चर्यजनक हिसाबले रातारात आर्थिक उन्नति गर्नेहरु नेपालमा थुप्रै छन् । तिनैमध्येका एक जनाको कथा हो यो । विनोद र प्रतिभा राणाका दुईमध्ये एक छोरा अष्ट्रेलियामा दुःखजिलो गर्दैछन् भने भूषण राणा यतै छन् ।
उनको जागिर छैन । व्यापारी वा उद्योगपति केही होइनन् । तर, उनीसँग ३ देखि ४ करोड मूल्य पर्ने २४ वटा घर छन् । यो कमाइमा भिनाजु शेरबहादुर देउवा र दिदी आरजु देउवाको आशीर्वाद रहेको चर्चा छ ।
केही वर्षअघि एक जना साथीसँग मिलेर जावलाखेल स्टाफ कलेजअघिको तीन रोपनी जग्गा व्यापार गर्न भन्दै हिमालय बैंकमा धितो राखी पैसा झिकेका थिए । पार्टनर एकाएक अमेरिका पलायन भएपछि रोडपतिमा झरे । त्यसबखत ऋण त टाढै जाओस् व्याज तिर्ने पैसा पनि थिएन । भुषण साथीभाइसँग साथीले दिएको धोका र त्यसले आपूmलाई रोडमा ल्याएको दुखेसो पोख्दै हिँड्थे । तर, अहिले अवस्था फेरिएको छ ।
सत्ताको प्रभावका कारण हिमालय बैंकका पूर्वअध्यक्ष मनोजबहादुर श्रेष्ठले साँवाब्याजको ताकेता गर्न छोडे पनि कसैले भूषण राणाको दिन दुई गुणा रात चौगुणा चुलिएको सम्पत्तिबारे सोधखोज गरेका थिएनन् । अहिले आएर उनले ५–६ अर्बको कुरा त बायाँ हातको खेल हो भन्न थालेपछि भने उनको वैभवको कुरा बाहिर आउन थालेको हो ।
टिप्पणीहरू