संसद भवनमाथि ड्रोन उडाउने पाँच जना समातिए

संसद भवनमाथि ड्रोन उडाउने पाँच जना समातिए

संसद भवन परिसरमा ड्रोन उडाएको आरोपमा पाँच जना पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरले नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजका एक प्राध्यापक र चार विद्यार्थीलाई नियन्त्रणमा लिएको हो । 

असार २४ गते मंगलबार बिहान संसद भवनको छतमा एउटा ड्रोन भेटिदा संशय पैदा भएको थियो । सांसदहरुले प्रतिनिधि सभाको बैठकमा ‘आतंकवादीहरुको गतिविधि त हैन ?’ भन्दै सुरक्षा संयन्त्रमाथि प्रश्न समेत उठाएका थिए । 

साेही ड्रोन खसालेको आरोपमा प्राध्यापक विजयबाबु रेग्मीसहित विद्यार्थीहरु समन महर्जन, सुजल श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजालाई नियन्त्रणमा लिएर परिसर पुर्याइएको बुझिएको छ । उनीहरूले प्रहरीसँग भने उक्त ड्रोन परिक्षणको क्रममा खसेको बताएका छन् ।

टिप्पणीहरू