औषधिको लाइसेन्स नविकरण गर्न निर्देशन

औषधिको लाइसेन्स नविकरण गर्न निर्देशन

औषधि व्यवस्था विभागले औषधि उत्पादक, व्यवसायी तथा आयातकर्तालाई लाइसेन्स नविकरण गर्न निर्देशन दिएको छ । विभागद्धारा जारी भएका अनुज्ञापत्र, सिफारिसपत्र एवं प्रमाणपत्र नविकरण गर्न निर्देश गरिएको हो । 

विभागले केही उत्पादक, थोक तथा खुद्रा व्यवसायी र आयातकर्ता फर्महरुले इजाजतपत्र नविकरण नगरी औषधिको उत्पादन, सञ्जय, बिक्रीवितरण, आयात तथा पैठारी गरिरहेको पाइएको पनि जनाएको छ । यस्ता गैरकानूनी काम गर्नेविरुद्ध प्रचलित कानूनबमोजिम कारबाही हुने विभागको चेतावनी छ । 

सूचनामा भनिएको छ, ‘कानूनी व्यवस्थाविपरीत कुनै अनुज्ञापत्र, प्रमाणपत्र वा सिफारिसपत्र नियममा रहेको व्यवस्थाबमोजिमको अवधिभित्र नै नविकरण गर्न गराउन अनुरोध छ । औषधि ऐन, २०३५ र अन्तर्गतका नियम बर्खिलाप उत्पादन, बिक्रीवितरण, सञ्चय एवं निकासी, पैठारी गरे–भएको पाइएमा कानूनबमोजिम भइजाने सूचित गरिन्छ ।’

टिप्पणीहरू