आन्दोलनमा नजानेलाई तीन हजार जरिवाना
फाइल फाेटाे
सरकारले सुन चाँदीका गहना र हिरा पत्थरमा लगाएको विलासिता तथा मूल्य अभिवृद्धि करको विरोधमा आन्दोलित सुनचाँदी व्यवसायीहरुले सहभागीको संख्या बढाउन नयाँ उपाय अपनाएका छन् । जेठको प्रारम्भदेखि आन्दोलित सुनचाँदी कला व्यवसायीहरुले विरोध र्यालीमा सहभागी नहुने सदस्यलाई तीन हजार जरिवानाको घोषणा गरेका हुन् ।
नेपाल सुनचाँदी कला व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आज बिहान ११ बजे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्याली गर्दैछन् । त्यसपछि कोणसभा गरेर आफ्ना धारणा राख्ने बताइएको छ ।
यता नेपाल सुनचाँदी कला व्यवसायी संघले आज बिहान १० बजे संघको भवनमा बैठक राखेको छ । आन्दोलनमा सहभागी हुन जाने व्यवसायीहरुलाई गाडीको व्यवस्थासमेत गरिएको जानकारी दिइएको छ ।
यता नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले जेठ ६ गतेदेखि रत्नपार्क गणेश मन्दिर परिसरमा रिले अनसन जारी राखेका छन् । उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा जुहारत पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेजीको माग राखेका हुन् ।
टिप्पणीहरू