सचिवलाई माननीयले भने- भोलिदेखि यहाँ देख्न नपरोस्

सचिवलाई माननीयले भने- भोलिदेखि यहाँ देख्न नपरोस्

सरकारको नेतृत्वकर्ता नेकपा एमालेका सांसद तथा पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुरालाई भोलिदेखि बैठकमा देख्न नपरोस् भन्दै चेतावनी दिएका छन् ।

समितिको जारी बैठकमा उनले दुरालाई तत्काल राजीनामा दिएर बाटो लाग्न आग्रहपूर्ण चेतावनी दिएका हुन् । त्यसअघि सांसद श्रेष्ठले सभापति रामहरि खतिवडाको पनि राजीनामा माग गरे ।

‘तपाई (खतिवडा)ले कुलिङ पिरियडमा कसरी गल्ती भयो, त्यो थाहा छैन भन्न मिल्दैन, तपाईले बरु मन्त्रीलाई पनि झुक्काएको हुन सक्छ’, उनले भने,  ‘तर तपाईले जानी जानी देखेरै त्यहाँ हस्ताक्षर गरेको हो, यो मेरो आरोप हो । तपाईले तुरुन्त राजीनामा दिनुस् । यस्तो ठूलो गल्ती गर्न मिल्छ ?’

लगत्तै सांसद श्रेष्ठले समितिका सचिव दुरालाई ‘भोलिदेखि यहाँ देख्न नपरोस्’ भने । दुरा बसेको कुर्सीतिर हेर्दै उनले थपे, ‘दुराजी तपाईले यो समितिको सचिव रहिरहने नैतिक अधिकार गुमाइसक्नुभयो, भोलिदेखि हामी यता (दुरा बसेको कुर्सी)तिर हेर्दा पनि हेर्दैनौँ, भोलिदेखि देख्न नपरोस् ।’
 

टिप्पणीहरू