ललितपुरमा प्रदर्शन, राष्ट्रसंघीय महासचिवलाई ज्ञापन
शान्ति समाज नेपालले ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयअगाडि प्रदर्शन गरेको छ ।
विगत २० महिनादेखि प्यालेस्टाइनजको गाजामा जारी नंरसहार, इजरायल र इरानबीचको युद्ध, युक्रेनमाथि रुसको बमबारीविरुद्ध शान्ति समाजले प्रदर्शन गरेको हो ।
विश्वका विभिन्न भागमा चलिरहेको युद्ध अन्त्य गर्न राष्ट्रसंघको ध्यानाकर्षण गराइएको छ । राष्ट्रसंघ लाचार हुँदा विश्व शान्तिमा खतरा पुगेको समाजको ठहर छ ।
प्रदर्शनकारीहरुले ‘वेयर इज डिटरमिनेशन टु सेभ सक्सिडिङ जेनेरेशन्स् फर्म द स्कोरेज अफ वार’,‘इन्क्रिजिङ नम्बर्स अफ वार इण्डिकेट्श, अ फेलर अफ द युनाइटेड नेशन्स्’,‘परमानेन्ट नम्बर्स अफ युएन सेक्युरिटी काउन्सिल मस्ट एक्ट लाइक गार्जियन्स’,‘इजरायल स्टप वार इन मिडल इस्ट’,‘रसियन स्टप वार इमिडिएटली’ लगायतका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराललगायतको उपस्थिति थियो । उनीहरुले राष्ट्रसंघीय कार्यालयका अधिकारीमार्फत् महासचिव एन्टोनियो गुटेरेसलाई ज्ञापनपत्र बुझाएका थिए ।
टिप्पणीहरू