अनुमति नलिएका एम्बुलेन्सको बिगबिगी

अनुमति नलिएका एम्बुलेन्सको बिगबिगी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति लिएर मात्र एम्बुलेन्स सञ्चालन गर्न निर्देशन दिएको छ ।

हाल सञ्चालनमा रहेका अधिकांश एम्बुलेन्सले अनुमति नलिएको पाइएपछि मन्त्रालयले नयाँ निर्देशन दिएको हो ।

अनुमति प्राप्तीका लागि एम्बुलेन्समा जीपीएस प्रणाली जडान, प्रेषण केन्द्र प्रणालीमा अनिवार्य आबद्धता, राजस्व छुट लिएको जिल्लामै सेवा दिनुपर्ने र चारचक्कै सवारी हुनुपर्ने बताइएको छ ।

यस्तै, वर्ग, रङ, उपकरण तथा चालकको तालिम पूरा भएको र राजस्व छुटको सिफारिस गर्दा राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा १३ को खण्ड (ञ) बमोजिम प्रदेश सिफारिस पत्रमा यसअगाडि छुट लिएको वा नलिएकोबारे स्पष्ट खुलाउनुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू