सुनचाँदी व्यवसायीलाई सिकेको सान्त्वना

सुनचाँदी व्यवसायीलाई सिकेको सान्त्वना

सुनचाँदी व्यवसायीको आन्दोलनमा सिके राउत नेतृत्वको जनमत पार्टीले ऐक्यवद्धता जाहेर गरेको छ । 

आज रत्नपार्कस्थित शान्तिवाटिका पुगेर उक्त पार्टीका उपाध्यक्ष अब्दुल खानले आन्दोलनमा समर्थन जनाएका हुन् । पूर्वमन्त्री तथा प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिसमेत रहेका उनले सुनचाँदी व्यवसायीका जायज माग पूरा गराउन पहल गर्ने प्रतिवद्धता जनाए । 

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदीमा थप कर लगाउने घोषणा गरेपछि असार ३ गतेदेखि नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाइमा व्यवसायीहरु आन्दोलित छन् । प्रस्तावित कर फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ ।

टिप्पणीहरू