फासफुस हुँदै उत्तरपुस्तिका साटफेरको विषय

फासफुस हुँदै उत्तरपुस्तिका साटफेरको विषय

मोरङको विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको परीक्षामा गार्ड बसेका एक कर्मचारीको स्कुटरबाट उत्तरपुस्तिका र ८० हजार रुपैयाँ फेला परेको घटनामा छानबिन गर्न गठित समितिको निष्पक्षतामाथि सवाल खडा भएको छ ।

उत्तरपुस्तिका साटफेरजस्तो गम्भीर घटनालाई फासफुस पार्ने प्रयास भइरहेको भन्दै धेरैले आलोचना गरिरहेका छन् । परीक्षामा भएको अनियमितताको घटनामा प्रहरी अनुसन्धानको माग भइरहँदा परीक्षा व्यवस्थापन कार्यालयले आन्तरिक रुपमा मात्र छानबिन गर्ने निर्णय गरेको छ । जसले घटनालाई दबाउने प्रयास भइरहेको अनुमान गरिएको छ ।

गत असार ३ गते विश्वविद्यालयको इञ्जिनियरिङ्ग संकायअन्तर्गतको आङ्गिक क्याम्पस ‘पुसेट’ मा गार्ड बसेका कर्मचारी मनिष यादवको स्कुटरको डिकीमा ८० हजार रुपैयाँ र दुईवटा खाली उत्तरपुस्तिका फेला परेको थियो । कार्यालयले घटनाको छानबिनका लागि पूर्वपरीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । 

सो समितिलाई प्रतिवेदन बुझाउनका निम्ति एक साताको समयावधि दिइएको छ । परीक्षा नियन्त्रक बालेंदु हमालका अनुसार समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइनेछ । विश्वविद्यालय स्रोतका अनुसार आफ्नै आङ्गिक क्याम्पसमा अनियमितता भएको खबर बाहिरिएर विवाद भएपछि देखाउनका लागि छानबिन समिति गठन गर्न कार्यालय बाध्य भएको हो । 

समिति गठनको उद्देश्य घटनालाई सामसुम पार्नु भएको अधिकांश कर्मचारीको आशंका छ । सो घटनाबाट उत्तरपुस्तिका साट्ने क्रम विगतदेखि नै भइरहेको प्रष्ट भएको छ । यसमा एक जना मात्र नभई धेरैको हात रहेको स्रोत बताउँछ । यद्यपि, विश्वविद्यालयका कर्मचारी तथा प्राध्यापक संघले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

आफ्नै मुद्दामा सिन्सियरको हार

‘यदि आङ्गिक क्याम्पसको परीक्षा नै सुरक्षित छैन भने सम्बन्धनप्राप्त कलेजहरुको परीक्षा के कति विश्वासनीय होला ?’, प्रश्न खडा भएको छ । विश्वविद्यालयका कर्मचारीहरु भन्छन्,‘गिरोहको मिलेमतोबिना उत्तरपुस्तिका बाहिर जान सम्भव छैन । यस्तो गम्भीर विषयलाई सामान्य रुपमा लिनुहुँदैन । सीआईबीबाट गहिरो अनुसन्धान हुनुपर्छ ।’

विश्वविद्यालयमा यसअघि पनि प्रश्नपत्र किनबेच र उत्तरपुस्तिका साटफेरको घटना भएको थियो । पछिल्लो केही वर्षयता विश्वविद्यालय सुधारको गतिमा गएको भनिएपनि पुनः विवादमा तानिन थालेको छ । यादव पाँच वर्षदेखि पुसेट क्याम्पसमा ज्यालादारीमा कार्यरत छन् । उनलाई कार्यालयले गार्डको रुपमा खटाउँदै आएको छ । परीक्षाको शुरुवातमै स्कुटर लिएर बाहिर निस्किने उनी डेढ घण्टापछि फर्किन्थें । 

सो दिन उनी परीक्षा शुरु भएको १२ मीनेटमै बाहिर निस्किने क्रममा थिए । गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । तर, उनीलाई रिहा गरिएको छ । प्रत्यक्ष प्रमाण नभेटिएकाले छोडिएको मोरङका एसपी नारायणप्रसाद चिमोरियाले  बताए । छैठौं सेमेस्टरको परीक्षा गत जेठ १८ गतेदेखि सञ्चालन भएको हो ।

सो परीक्षा असार १९ गतेसम्म चल्नेछ । विराटनगरको इस्टर्न इञ्जिनियरिङ कलेजमा अध्ययनरत करिब दुई सय विद्यार्थी सो परीक्षा केन्द्रमा सहभागी छन् ।

निजामती कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

टिप्पणीहरू