नयाँ संविधान माग्दै ७७ वर्षे वृद्ध एक वर्षदेखि सडकमा

नयाँ संविधान माग्दै ७७ वर्षे वृद्ध एक वर्षदेखि सडकमा photo: AI

२०७२ सालको संविधान खारेज गरी नयाँ संविधान जारी गर्न माग गर्दै सडकमा ओर्लिएका एक वृद्धले आज ३३३ दिनको धर्नालाई निरन्तरता दिएका छन् ।

धादिङको गजुरी गाउँपालिका किरान चोक -८ स्थाई ठेगाना भई हाल कलंकी घर बताउने ७७ वर्षीय चेतनाथ ढुंगानाले नयाँ संविधान माग्दै थालेको एकल धर्ना आज पनि जारी राखेका हुन् । सत्तासीन नेताहरुले कानुनलाई मनोमानी रुपमा प्रयोग गरेर बिभिन्न घटनाका दोषीलाई छुट दिएको, राष्ट्रघाती सम्झौता गरेको भन्दै उनले संविधान काम नलाग्ने अवस्थमा पुगेको बताए ।

'२०७२ साल असोज ३ गते जारी भएको संविधान गणतन्त्र हैन नेतातन्त्र हो' लेखिएको ब्यानरसहित प्रदर्शनमा बसेका उनले अहिलेको संविधान जलाई नयाँ जारी गर्नुपर्ने माग राखेका छन् ।

टिप्पणीहरू