हर्क साम्पाङ्ग नक्कली हस्ताक्षरमा कसरी चुके ?

हर्क साम्पाङ्ग नक्कली हस्ताक्षरमा कसरी चुके ?

सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्कराज साम्पाङ्ग र उपमेयर अईन्द्रविक्रम बेघाबीचको विवादले उग्र रुप लिँदै गएको छ । वडा नम्बर–१६ को सर्दुखोला नियन्त्रण कार्यमा भएको खर्चको भुक्तानीलाई लिएर दुईबीच कार्यालयमै झण्डै हात हालाहाल भएको छ ।

मेयर समर्थकले उपमेयरमाथि हातपात गर्न खोज्नुका अलावा कार्यालयबाहिर नाराबाजी पनि गरेका थिए । त्यसपछि बेघाका समर्थक पनि नाराबाजीमा उत्रिए । दुवैबीच झडप हुने अवस्था बनेपछि सुरक्षाकर्मी नै परिचालित हुनुपरेको थियो । 

‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ बाट सर्दुखोला नियन्त्रणका लागि १७ लाख ४० हजार रुपैयाँमध्ये ९ लाख ९८ हजारको श्रमदान भएको र बाँकी उपमहानगरसँग माग गरिएको थियो । श्रमदानमार्फत भएको कामका लागि भुक्तानी मागेको भन्दै बेघाले दिन नमानेपछि दुवै पक्षबीच भनाभन शुरु भएको हो । जुन झण्डै कुटपिटसम्म पुगेको थियो । उपमेयर बेघाका अनुसार समितिले बुझाएको डोर हाजिरी गैरकानुनी हो । गत वर्ष मात्र सो खोलामा वाल निर्माणको काम भएको र श्रमदानको नाम दिएर अहिले भुक्तानी मागेको उनको आरोप छ । 

‘पञ्चिङ मेसिनले दुलो बनाएर फाइल गरिएका श्रमदानको नाममा भुक्तानी गरिएका रसिद र विश्वकै रोचक एकै स्टाइलका हस्ताक्षर...हर्क सरको गफ र कुराले मेल खाएन है भन्दा झोक चल्छ र पच्दैन भने अनफ्रेन्ड गरेर आफैं साइड लाग्नुहोला ! मलाई रिप्लाई दिने जाँगर छैन !’

जनआस्थासँग उनले भने,‘त्यहाँ गत वर्षमात्रै वाल लगाइएको थियो । मेयरले प्रेसर दिएपछि कर्मचारीहरु त्यहाँ काम गराउन बाध्य भए । मैले त्यहाँ अनुगमन गरेको छैन । त्यो डोर हाजिरी गैरकानुनी हो ।’ विकास निर्माणको भुक्तानीका लागि उपमेयरले अनुगमन गरी प्रतिवेदन दिनुपर्छ । यता,मेयर साम्पाङ्गले उनले अनुगमन गरेर प्रतिवेदन लुकाएको आरोप लगाएका छन् । 

रोचक प्रसंग के भने, सो डोर हाजिरीमा गरिएका हस्ताक्षर सबै उस्ताउस्तै देखिन्छ । विभिन्न व्यक्तिको नाम लेखेर एउटै व्यक्तिले हाजिरी गरेकोजस्तो देखिएपछि सामाजिक सञ्जालमा धेरैले प्रश्न उठाएका छन् । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘पञ्चिङ मेसिनले दुलो बनाएर फाइल गरिएका श्रमदानको नाममा भुक्तानी गरिएका रसिद र विश्वकै रोचक एकै स्टाइलका हस्ताक्षर...हर्क सरको गफ र कुराले मेल खाएन है भन्दा झोक चल्छ र पच्दैन भने अनफ्रेन्ड गरेर आफैं साइड लाग्नुहोला ! मलाई रिप्लाई दिने जाँगर छैन !’

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौंलागाईँले सो व्यक्तिगत द्वन्द्वभन्दा अरु केही नभएको बताए । उनीहरुको व्यक्तिगत झगडाकै कारण अनावश्यक विवाद निम्तिएको उनको जिकिर छ । भन्छन्,‘यो उहाँहरुको व्यक्तिगत द्वन्द्वभन्दा अरु केही होइन । दुईबीच पहिल्यैदेखि विवाद थियो । सो विवादका कारण कर्मचारीहरुलाई काम गर्नसमेत अप्ठेरो परिरहेको छ । पहिल्यै बनाइएको उपभोक्ता समितिलाई लिएर अहिले विवाद गरिरहेका छन् ।’

अधिकृत चौंलागाईँका अनुसार दुवैबीच हाल बोलचाल छैन । उनीहरुलाई वार्तामा ल्याउने प्रयास भइरहेको उनको भनाइ छ ।

टिप्पणीहरू