गभर्नरलाई पहिले घर,अहिले पार्किङ

डा. विश्व पौडेल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएको एक महिना पुगेको छ । ललितपुरको भैंसेपाटी आवास क्षेत्रस्थित निवास नजिकै गभर्नरका लागि बैंकले सवारी साधन पार्किङको छुट्टै जग्गा भाडामा लिन लागेको बताइन्छ । अर्थमन्त्री विष्णु पौडेलको निजी निवास सामुन्नेको घरमा आउजाउ गर्नेलाई गाडी पार्किङका लागि जग्गा भाडामा लिन लागिएको बैंकका अधिकारीहरु बताउँछन् ।
जेठ ३१ गते गोरखापत्र दैनिकमा प्रकाशित सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको सूचनामा जग्गा भाडामा लिन लागिएको उल्लेख छ । बैंक प्रयोजनका लागि भैंसेपाटी क्षेत्रमा ६ आना जग्गा भाडामा चाहिएकाले प्रस्ताव आव्हान गरिएको हो ।
प्रकाशित सूचनामा भनिएको छ, ‘ललितपुर महानगरपालिका वडा नम्बर २५, भैंसेपाटीस्थित शनिमन्दिर परिसरबाट नजिक २० फिटको पिच सडकले जोडिएको करिब ६ आना जग्गा भाडामा दिन इच्छुक व्यक्तिले जग्गाको लालपुर्जा र जग्गाधनीको नागरिकताको प्रतिलिपि संलग्न गरी करसहितको मासिक भाडादर खुलाई मिति २०८२ असार १५ भित्र यस विभागमा प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।’
टिप्पणीहरू