आफ्नै कर्मचारीमाथि उर्जामन्त्रीको आक्रोश

आफ्नै कर्मचारीमाथि उर्जामन्त्रीको आक्रोश

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मातहतका कर्मचारीको कामप्रति असन्तुष्टि जनाएका छन् । 

आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले कर्मचारीमा समर्पण भाव नदेखिएको भन्दै आलोचना गरेका हुन् । मन्त्री खड्काले यस्तो प्रवृत्ति समयमै सुधार नगरे देश नै जटिल मोडमा पुग्ने चेतावनी दिए ।

व्यक्तिगत जिम्मेवारीबारे आत्मसमीक्षा गर्न कर्मचारीहरूलाई सुझाव दिएका उनले विदेश भ्रमण, रिफ्रेसमेन्ट र औपचारिकतामा समय खर्चिए पनि कार्यसम्पादनको सन्दर्भमा प्रगति नदेखिएको गुनासो गरेका थिए । काममा प्रतिवद्धता, परिणाममुखी सोच र स्वाभिमानी जिम्मेवारी निर्वाह गर्न कर्मचारीहरूलाई खड्काले आग्रहसमेत गरे ।

चालु आर्थिक वर्षको ११ महिना वितिसक्दा पनि मन्त्रालय र मातहतका निकायबाट चित्तबुझ्दो काम हुन नसकेको भन्दै उनी यसरी कड्किएका हुन् । प्रतिवद्धता र लक्ष्यअनुरूप कार्यसम्पादन नहुनु चिन्ताको विषय हो भन्ने मन्त्री खड्काको भनाइ रह्यो ।

टिप्पणीहरू