राप्रपाले बहिष्कारको भत्ता नलिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक दिनको संसद् बैठक भत्ता नलिने भएको छ । प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आज संसद् सचिवालयलाई पत्र पठाउँदै हिजो बसेको संसद् बैठकको भत्ता उपलब्ध नगराउन आग्रह गरेका हुन् ।
विपक्षी दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोधका बीच हिजो सभामुख देवराज घिमिरेले संसद् बैठक चलाएपछि राप्रपाले बैठक बहिष्कार गरेको थियो । बैठकमा सहभागी नभएपछि भत्ता लिनु नैतिक र सैद्धान्तिक रुपमा उचित नहुने बताउँदै राप्रपाले हिजोको बैठक भत्ता नलिने निर्णय गरेको जनाएको छ ।
पत्रमा भनिएको छ, ‘हाम्रो पार्टीले उठाएका मागहरु भिजिट भिसा प्रकरणमा संसद्मा अवरोध भएको समयमा पनि जबरजस्ती बैठक सञ्चालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकोले यो बैठकबापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गरी सहयोग गरिदिन हुन अनुरोध छ ।’
टिप्पणीहरू