रचनाको पेटमा समस्या, सेनाको हेलिकोप्टरमा उद्धार

युवा पुस्ताकी चर्चित गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन् । उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको हो।
सांगीतिक कार्यक्रमको लागि हिजो साँझ रुकुम (पश्चिम) पुगेकी उनले आज सानोभेरीमा जारी महोत्सवमा प्रस्तुती राख्ने कार्यक्रम थियो । तर बिहान अचानक उनको पेटमा समस्या देखिएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत् नेपालगञ्ज पुर्याइएको हो । त्यहाँ सामान्य उपचारपछि उनी जहाजमा काठमाडौँ आएर अस्पताल भर्ना भएकी हुन् ।
रचना केही दिनअघि रारा पुगेर फर्केकी थिइन् ।
टिप्पणीहरू