लोमसको इन्जेक्सनमाथि प्रतिवन्ध लगाइयो

लोमसको इन्जेक्सनमाथि प्रतिवन्ध लगाइयो

औषधि व्यवस्था विभागले गुणस्तरहीन दुई औषधि फिर्ता गर्न निर्देशन दिएको छ । बजार अनुगमनको क्रममा न्यून गुणस्तरको पाइएपछि ती औषधि फिर्ता गर्न भनिएको हो । 

धनुषाको लोमस प्यारेन्टरल्स एण्ड फर्मुलेशनद्धारा उत्पादित ब्याच नम्बर ए ०५८१०३० को कम्पाउण्ड सोडियम लेक्टेट इन्जेक्सन (आरएल ५०० एमएल) र ब्याच नम्बर ए ०१८१००४ को डेक्सट्रोज इन्जेक्सन बजारबाट फिर्ता लैजान विभागले निर्देशन दिएको छ ।

‘देहायको उत्पादकबाट उत्पादित तपसिलको ब्याच नं. को औषधिहरु न्यून गुणस्तर भएको पाइएकोले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी उक्त ब्याच नं. का औषधिहरु बजारबाट तुरुन्त फिर्ता गर्नू,’ जारी सूचनामा उल्लेख छ ।

सोको विवरण पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिलाई निर्देश गर्दै विभागले उक्त औषधिको सिफारिस, बिक्रीवितरण तथा प्रयोग नगर्न नगराउन सबैलाई आग्रह गरिएको छ ।

टिप्पणीहरू