ग्लोबल आइएमई बैंकद्धारा हाइकिङसँगै फोहोर संकलन

ग्लोबल आइएमई बैंकद्धारा हाइकिङसँगै फोहोर संकलन

ग्लोबल आइएमई बैंकले फोहोर संकलनका लागि हाइकिङ गरेको छ । विश्व वातावरण दिवसका अवसरमा फोहोर संकलननार्थ काठमाडौंको कीर्तिपुरस्थित मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्म हाइकिङ गरिएको हो । 

कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर शाखासँगको सहकार्यमा भएको हाइकिङका दौरान करिब डेढ सय किलोग्राम प्लाष्टिकजन्य फोहोर संकलन गरिएको बैंकले जनाएको छ । हाइकिङ रुटअन्तर्गत विभिन्न स्थानमा फोहोर संकलनका लागि स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) समेत राखिएको छ, जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान पुग्ने विश्वास बैंकले लिएको छ । 

फोहोर संकलन तथा हाइकिङ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसहित स्थानीय प्रतिनिधि, रेडक्रस सोसाइटीका पदाधिकारी तथा बैंकका कर्मचारी, स्थानीय स्वयम् सेवकहरु सहभागी भएका थिए । विश्व वातावरण दिवसकै सन्दर्भमा बैंकले देशभर बृहत् वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ । 

वृक्षारोपणले वातावरण संरक्षणका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको आय–आर्जनमा समेत सकारात्मक प्रभाव पार्ने बैंकको विश्वास छ । ग्लोबल आइएमई बैंक ‘ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड, २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरकफरक विधामा समेत सम्मानित भइसकेको छ । 

देशभर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई निजी क्षेत्रको पहिलो वाणिज्य बैंक पनि हो । बैंकको मुलुकभर तीन सय ५४ शाखा कार्यालय, तीन सय ८५ एटिएम, दुई सय दुई शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन, राजश्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एघार सयभन्दा बढी सेवा केन्द्र छन् ।

टिप्पणीहरू