साँझ परेपछि राजावादीहरु मन्दिर प्राङ्गणमा

साँझ परेपछि राजावादीहरु मन्दिर प्राङ्गणमा

पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी, पूर्व नवयुवराज हृदयेन्द्रसहित राजावादी नेताहरु कमलादीस्थित गणेश मन्दिरमा भेला भएका छन् । दरबार हत्याकाण्डमा बितेका राजपरिवारका सदस्यहरुको सम्झनामा राजावादी नेताहरुले पूर्व राजखलका सदस्यहरुसँगै गणेश मन्दिरमा पूजाअर्चना गरेका हुन् ।

राजसंस्था पुनस्र्थापनाको लागि जेठ १५ गतेदेखि आन्दोलन गर्दै आएका राजावादीहरुले आज शोक मनाउने भन्दै प्रदर्शन स्थगित गरेका हुन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरु पनि मन्दिर परिसरमा पुगिसकेका छन् । 

पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल झापा जानुभएकाले उपस्थिति नरहेको बताइएको छ । केही दिनअघि झापाको बिर्तामोड पुग्नुभएका पूर्वराजा आज दमक जानुभएको छ ।

टिप्पणीहरू