नयाँ विश्व सुन्दरीको घरभरि बिरालो र कुकुर

नयाँ विश्व सुन्दरीको घरभरि बिरालो र कुकुर

थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले ७२ औं मिस वर्ल्डको उपाधि हात पारेकी छन् । भारतको हैदरावादमा हिजो राति भएको फाइनलमा सुचाताले विश्वका १०७ जना सुन्दरीलाई पछाडि पारेकी हुन् ।

यो वर्ष इथियोपियाकी सुन्दरी उपविजेता भइन् भने पोल्याण्ड र मार्टिनिकका क्रमशः तेस्रो र चौथो बनेका छन् ।

प्रतियोगितामा नेपालसहित १०८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेकोमा नेपालकी सृच्छा प्रधान अन्तिमा ४० मा पनि परिनन् ।

घरमा १६ वटा बिरालो र पाँच कुकुर पालेकी उनको भविष्यमा राजदूत बन्ने सपना छ । अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनरत उनी स्तन क्यान्सरका बिरामीलाई सहयोग गर्ने संस्थामा समाजसेवीको रुपमा पनि जोडिएकी छन् ।

टिप्पणीहरू