संसद बैठक अवरुद्ध पार्ने रास्वपाको तयारी, विराजभक्तको अध्यक्षतामा बैठक बस्दै

संसद बैठक अवरुद्ध पार्ने रास्वपाको तयारी, विराजभक्तको अध्यक्षतामा बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज दिउँसो ४ बजे राखिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बैठक बस्ने बताइएको छ ।

प्रतिनिधिसभाको भोलिको बैठक रास्वपाले अवरुद्ध पार्ने चेतावनी यसअघि नै दिएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेकाले राजीनामा दिनुपर्ने उसको माग छ । 

प्रतिनिधिसभाको भोलिको बैठकमा माओवादी केन्द्रसहित विपक्षी दलहरुको कडा ढंगले प्रस्तुत हुने तयारी छ ।

टिप्पणीहरू