राज्यमन्त्री चौधरीको घर फोडेर धनमाल चोरी

राज्यमन्त्री चौधरीको घर फोडेर धनमाल चोरी

संघीय सरकारका पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको घरमा चोरी भएको छ । कैलालीको लम्किचुहा नगरपालिका-४ स्थित घरमा मंगलबार राती चोरी भएको घटना हिजो प्रहरीले थाहा पाएपछि बल्ल सार्वजनिक भएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहका अनुसार राज्यमन्त्री चौधरीको त्यहाँ पाँच तले पक्की घर छ । चोरले झ्याल फोडेर ६५ हजार नगदसहित सुनका विभिन्न गरगहना लगेको उनले बताए । 

‘पाँच तलको घर हो, कसैलाई भाडामा दिइएको रहेनछ, एक महिनादेखि खाली रहेछ', सिंहले जनआस्थासँग भने, ‘मन्त्रीज्यू सपरिवार उतै (काठमाडौँ) बस्नु हुँदोरहेछ, घरमा भएका महंगा सामानहरु टिपाउनु भएको छ।’

घरमा सिसिटिभी क्यामेरा नभएको कारण चोर पहिचान गर्न कठिन भएको प्रहरीको भनाई छ । ‘मन्त्रीज्यूको घरमा क्यामेरा रहेछन, त्यस क्षेत्रको अरु ठाउँमा पनि खासै क्यामेरा छैन, खोजिरहेका छौ, चाँडै पत्ता लाग्छ’, डिएसपी सिंहले थपे ।

टिप्पणीहरू