असार १५ मा विद्यालय शिक्षा ऐन जारीको तयारी

असार १५ मा विद्यालय शिक्षा ऐन जारीको तयारी

विद्यालय शिक्षा विधेयकमाथि संसदीय उपसमितिले दफावार छलफल पूरा गरेको छ । सांसद छविलाल विश्वकर्मा नेतृत्वको उससमितिले आज विधेयकसम्बन्धी प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सभापति अम्मरबहादुर थापालाई बुझाएको छ । 

कुल ४६ वटा बैठक बसेको उपसमितिले १५ परिच्छेद र १६३ वटा दफा रहेको विधेयकमा १३ वटा नयाँ दफा थपेको बताइन्छ । त्यस्तै, १०७ वटा दफामा संशोधन गरिएको उपसमितिका संयोजक विश्वकर्माले जानकारी दिए । 

चैत २० गतेदेखि झण्डै एक महिनाम्म सडक आन्दोलन गरेका शिक्षक र सरकारबीच  असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्ने सहमति भएको थियो । सोही पृष्ठभूमिमा उपसमितिले पनि विधेयक प्रतिवेदनलाई पूर्णता दिएको हो ।

टिप्पणीहरू