यौन भिडियो बनाउने १९ बर्षकी युवती पक्राउ

थाइल्याण्ड प्रहरीले सामाजिक सञ्जालमा यौन भिडियोहरू उत्पादन र बिक्री गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ।
१९ वर्षीया ती युवतीले थाइ प्रहरीलाई आफूले सदस्यता शुल्कबाट प्रति महिना ७० हजारदेखि ९० हजार भाटसम्म कमाएको बयान दिएकी छन्।
साइबर अपराध अनुसन्धान ब्यूरो (सिसिआइबी) का अधिकारीहरूले नोन्थाबुरीमा छापा मार्ने क्रममा कानफरावीलाई पक्राउ गरेको बिहिबार जानकारी गराएको छ।
‘जिन्जिया’ नामक एउटा एक्स (पहिले ट्विटर) प्रयोगकर्ताले अनलाइनमा अश्लील भिडियोहरू पोस्ट गरेकोमा अनुसन्धानपछि प्रहरीले कानफरावीको खोजी तीव्र पारेको थियो।
उनले सोही अकाउन्टबाट अर्को अकाउन्टको लिंकसमेत सेयर गर्ने गर्थिन् तर,दुवै अकाउन्टका कन्टेन्ट एउटै भएको प्रहरीले बताएको छ।
सिसिआइबीको अनुसन्धानले उक्त गतिविधि भएका दुवै खाताकी मालिक कानफरावी रहेको पत्ता लगायो ।
प्रहरीसङ्ग सोधपुछका क्रममा युवतीले अनलाइनमा अश्लील क्लिपहरू उत्पादन र पोस्ट गरेको र धेरै एक्स खाताहरू सञ्चालन गरेको स्वीकार गरिन्।
युवतीका अनुसार उनको सेक्स टेपहरूले धेरै फलोअरहरू तान्न सफल भएको थियो, जसलाई उनी गोप्य ग्रुपमार्फत बेच्ने गर्थिन् । उनले आफूले यस्ता भिडियो राखेर फलोअर बढाउँदै अनि बेच्दै फेरि नयाँ अकाउन्ट बनाउने गरेको बताएकी छन् ।
उनले विगत चार वर्षदेखि यस्ता भिडियोको उत्पादन र सेयर गर्दै आएको खुलेको छ । उनले सब्क्रिप्सन शुल्कवापत मात्रै मासिक ७० देखि ९० हजार भाट कमाइ गर्थिन् ।
टिप्पणीहरू