मानव अधिकार आयोगका अध्यक्षको कार्यकक्षमा द्धन्द्धपीडितको धर्ना
द्धन्द्धपीडितको क्षेत्रमा काम गर्ने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाका प्रतिनिधिले राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय घेरेका छन् ।
आयोगको तर्फबाट आयुक्त लिली थापालाई द्धन्द्धपीडित समितिमा पठाएकोमा असन्तुष्टि जनाउँदै हरिहर भवनस्थित आयोगको कार्यालयमा उनीहरुले बिहान साढे ११ बजेदेखि १५ मीनेट धर्ना दिएका हुन् । अध्यक्ष तपबहादुर मगरको कार्यकक्षबाहिर घेर्न जानेमा सेभ द चिल्ड्रेनका प्रतिनिधि दिलबहादुर ऐर, द्धन्द्धपीडित राम भण्डारीलगायत डेढ दर्जन थिए ।
१५ मीनेटको धर्नापछि अहिले अध्यक्षको कार्यकक्षमा छलफल भैरहेको छ । आयोगका सचिव मुरारीप्रसाद खरेल, आयुक्तहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि र द्धन्द्धपीडित उक्त छलफलमा बसेका छन् ।
टिप्पणीहरू